अर्थमन्त्री डा.खतिवडाले दिए राजीनामा, पुनर्नियुक्त गर्ने यस्तो गोप्य योजना

ओकेखबर संवाददाता २० फाल्गुन २०७६, मंगलवार १६:५० मा प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या
काठमाडौं । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार सकिँदैछ।
गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि सकिन लागेको छ ।
कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिए । सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो।


सम्बन्धित खबरहरु