मंगलबार बिहान हेटौंडा १५ रातोमाटेमा काठमाडौंबाट विरगंज तर्फ जाँदै गरेको यात्रुबाहक रात्री बसलाई चेकजाँचका क्रममा अब्दुलालाई उक्त परिणामको सुन सहित पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्।अब्दुलले उक्त परिणामको सुन फलामको बेरुङगमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी उनलाइ सुन सहित सार्वजनिक गरेको छ। उक्त परिणामको सुनको नेपाली बजार मुल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले बताएका छन्।
उनमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।