‘गाँजा खेतीलाई बैधानिकता दिनुपर्छ’

ओकेखबर संवाददाता २० फाल्गुन २०७६, मंगलवार १०:५१ मा प्रकाशित ( साल अघि) ३७६ पाठक संख्या

काठमाडौं। नेपाली कांग्रेसका महासमिति सदस्य ऋषिकेश जंग शाहले नेपाली कांग्रेसलाई गाँजा खेतिको पक्षमा उभिन आग्रह गरेका छन् ।

राप्तीमा माओवादी जनयुद्ध फस्टाउनुमा गाँजा खेती प्रतिबन्ध पनि एक कारण भएको उनले बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनले बिपक्षीहरुले आजकाल नेपाली कांग्रेस भित्र बिचारको प्रतिस्पर्धा भनेको जय नेपाल मात्रै भएको आरोप लगाउन थालेको छ भनेका छन् ।

गाँजाको बैधानिकतालाई नेपाली कांग्रेसको राष्ट्रीय मुद्दा बनाऊन लाग्नु पर्ने पनि उनको तर्क छ ।
गाँजा खेतिले जनताको समृद्धि हुन सक्ने महासमिति सदस्य शाहको बुझाई छ। गाँजा खेतिले नेपालीको आर्थिक अवस्थालाई माथि पुर्याउने नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको पुर्व उपाध्यक्ष समेत भैसकेका शाहको दाबी छ ।


सम्बन्धित खबरहरु