सुख्खा पहिरोले एक्स्काभेटर दुर्घटना, चेनले च्यापिएर अपरेटरको मृत्यु

ओकेखबर संवाददाता २० फाल्गुन २०७६, मंगलवार १०:४५ मा प्रकाशित ( साल अघि) ३२४ पाठक संख्या

म्याग्दी – मुस्ताङको थासाङ गाउँपालिका ४ घाँसाको घैपुमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने सडक खनिरहेको अवस्थामा सडकमाथिबाट खसेको सुख्खा पहिरोले एक्स्काभेटर घैपु खोलामा खस्दा एक्स्काभेटर अपरेटर सिन्धुपाल्चोक घर भएका अर्जुन दाहालको ज्यान गएको हो ।

घटना भएलगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयवासी घटनास्थल पुगेर उद्धारको प्रयास गरेका थिए ।

सडक सफा गरिरहेको एक्स्काभेटर खोलामा खस्दा दाहालको एक्स्काभेटरको चेनले च्यापिएर ज्यान गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताए ।

डोजरको चेनले च्यापिएको अवस्थामा रहेको हुँदा उनको शव निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।


सम्बन्धित खबरहरु