सामाजिक सञ्जाल नचलाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

ओकेखबर संवाददाता २० फाल्गुन २०७६, मंगलवार ०९:४६ मा प्रकाशित ( साल अघि) ३५७ पाठक संख्या

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेसबक, ट्विटर, इन्स्टाग्राम र युट्युबलगायत सामाजिक सञ्जाल छोड्ने बारेमा सोचिरहेको रहेको बताएका छन् ।

मोदीले ट्वीट गर्दै भने, ‘यही आइतबारदेखि फेसबक, ट्विटर, इन्स्टाग्राम र युट्युबलगायत सामाजिक सञ्जाल छोड्ने बारेमा सोचिरहेको छु ।’

भारतीय प्रधानमन्त्री मोदीको अहिले ट्विटर ह्याण्डललाई पाँच करोड ३३ लाखभन्दा धेरै मानिसहरुले फलो गरिरहेका छन् ।

फेसबुकमा मोदीको एकाउन्टलाई चार करोड ४७ लाखभन्दा धेरैले फलो गरिरहेका छन् भने इन्स्टाग्राम एकाउन्टमा तीन करोड ५२ लाखले फलो गरिरहेका छन् ।

मोदीको लोकप्रियता युट्युबमा पनि कम छैन । चार करोड ५१ लाखभन्दा धेरैले उनको युट्युब एकाउन्ट सब्सक्राइब गरेका छन् ।

यद्यपि मोदीले यसको बारेमा कुनै कारण बताएका छैनन् । उनले आफ्नो सामाजिक सञ्जालको खाता हटाउने, निष्क्रिय रहने र टाढा रहनेबारेमा बताएका छैनन् ।


सम्बन्धित खबरहरु