कांग्रेसले यसरी तोक्यो थप सात विभागीय प्रमुख

ओकेखबर संवाददाता १९ फाल्गुन २०७६, सोमबार १६:३८ मा प्रकाशित ( साल अघि) ३६० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न सात वटा केन्द्रीय विभागहरू विस्तार गरेका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग र ईश्वरी न्यौपानेलाई महिला विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

सभापति देउवाले पार्टीको विधान, २०१७ )संशोधन सहित) को धारा ३७ (१( (ग) बमोजिम केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरूलाई जिम्मेवारी तोकेर विभाग प्रमुखमा मनोनयन गरेको कांग्रेसले जनाएको छ ।

यस्तै केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेत खेलकुद विभाग, वीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाल शिक्षा विभाग प्रमुखमा मनोनयन भएका छन् ।

यसअघि सभापति देउवाले गत शनिबार विभिन्न १३ विभाग विस्तारसँगै पाँच जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

महाधिवेशनको तयारी सुरु भइसकेपछि विभागहरू गठन भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने असन्तुष्टि जनाउँदै आएको छ ।


सम्बन्धित खबरहरु