सञ्चारमाध्यमले सचेत पारेको छन् : मन्त्री जम्मकट्टेल

ओकेखबर संवाददाता १९ फाल्गुन २०७६, सोमबार १६:३४ मा प्रकाशित ( साल अघि) २२० पाठक संख्या

हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम  जम्मकट्टेलले जनताको सूचनाको हकको कसैले बेवास्ता गर्न नहुने बताउनु भएको छ ।

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशद्वारा आज यहाँ आयोजित ‘सूचना बैंक सञ्चालनार्थ सरोकारवालाहरु सँगको अन्तरक्रिया’ मा उहाँले सञ्चारमाध्यमले जनतालाई जागरुक, चेतनशील र सचेत पारेको जनाउनुभयो ।

मन्त्री जम्मकट्टेलले विभिन्न निकायमा रहेर काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रुपमा बुझ्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले देशभरिका आवश्यक सूचनाहरुलाई सङ्ग्रहित गरेर सबैको  पहुँचमा पुर्याउन सूचना बैंकको आवश्यकता पर्ने बताउनुभयो । उहाँले रजिष्ट्रारको कार्यालयले प्रदेशको सञ्चार क्षेत्रको नियमन, प्रवद्र्धन तथा अनुगमन गरिरहेको उल्लेख गर्नुभयो । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त किरण पोखरेलले सूचनाको हकको प्रयोग हरेकका लागि उपयुक्त र आवश्यक रहेको बताउनुभयो ।


सम्बन्धित खबरहरु