आज: 

पूर्व माओवादी लडाकु रतनले भने – ‘जनयुद्धमा प्रचण्डले देखाएका सपना बिर्सिए, त्यसकै जुत्ता हानेँ’

ओके खबर १८ फाल्गुन २०७६, आईतवार २२:१२ मा प्रकाशित ( साल अघि) २३७ पाठक संख्या

काठमाडौं। नेपाल कम्युनिस्ट पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा पक्राउ परेका छन् । उनले प्रचण्डले जनयुद्धका समयमा सपना देखाएर त्यो अनुसार काम नगरेको आरोप लगाएका छन् ।

रतन अहिले महानगरी प्रहरी वृत सिंहदरबारमा रहेका छन् ।
जुम्ला स्थायी घर भएका २२ वर्षीय तिरुवाका बुबा मुन तिरुवा माओवादी युद्धमा तत्कालीन राज्य पक्षबाट मारिएका थिए । उनका कान्छा बुबा रबिकिरिण तिरुवा विप्लव समूहु का जुम्ला जिल्ला इन्चार्ज हुन् ।

तत्कालीन नेकपा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागि भएका प्रचण्डमाथि उनले जुत्ता प्रहार गरेपनि लागेन ।

यसअघि पनि भृकुटीमण्डपमा भएको चियापान कार्यक्रममा प्रचण्डमाथि एकजनाले झापड हानेका थिए ।


सम्बन्धित खबरहरु