यी हुन्, प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति !

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार १६:५४ मा प्रकाशित ( साल अघि) ३८३ पाठक संख्या

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरि जुत्ता प्रहार भयो ।

पूर्व अर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा राष्ट्रिय सभा गृहमा आइतवार आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो ।

मञ्चभन्दा टाढाबाट हानिएको जुत्ता प्रचण्डसम्म पुग्न भने पाएन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुत्ता प्रहार गर्ने व्यक्ति जुम्ला घर भएका रतन तिरुवा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए ।

तिरुवाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित खबरहरु