सरकारको नियतमाथि देउवाको प्रश्न : बाँस्कोटाले ‘हामी’ भनेको को हो ?

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार १६:०५ मा प्रकाशित ( साल अघि) ३४९ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानविन नहुनुले सरकार दुषित रहेको देखिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै देउवाले भने, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्रीले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि छानविन नहुनु पछाडिको नियत गम्भीर छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले ‘कति आउँछ हामीलाई’ भनेर प्रस्ट बोलेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, ‘बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ? हामी भनेको को हो प्रस्ट गर्नुहोस् ।’

उक्त अडियोको छानबिन हुनुपर्ने देउवाले माग गरे । घुस प्रकरणमा मुछिएका सरकारका बहालवाला मन्त्रीविरुद्ध छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा देउवाले आपत्ति जनाए ।

त्यस्तै सभापति देउवाले नेपाल टष्ट्रले जारी गरेको स्वेतपत्रले भ्रष्टाचार काण्डबाट अन्यत्र ध्यान मोड्न खोजेको बताएका छन् ।

बाँस्कोटाको अडियो प्रकरण, गोकर्ण रिसोर्ट, नेपाल टेलिकम प्रकरणका भ्रष्टाचार काण्डबाट अन्यत्र ध्यान मोड्न स्वेतपत्र जारी गरिएको उनले आरोप लगाए ।


सम्बन्धित खबरहरु