सरकारविरुद्ध नेविसंघको देशव्यापी विरोध : ‘ओली सरकार भ्रष्ट्राचारमा लिप्त’

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार १२:५१ मा प्रकाशित ( साल अघि) ५२४ पाठक संख्या

काठमाडौं । नेपाल विद्यार्थी संघले महंगी र भ्रष्ट्राचार विरुद्धमा प्रर्दशन गरेको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारविरुद्ध विभिन्न जिल्लाहरुमा प्रदर्शन गरेको हो।

प्रर्दशनकारीहरुले स्व.वियु निर्वाचनको तालिका तत्काल सर्वजनिक गर्न, इन्धनमा लागाईएको अतिरिक्त कर फिर्त गर्न, ललीता निवास प्रकरणको निष्पक्ष छानवीन गर्न माग गरेको छ ।

त्यस्तै पुस्तकमाथी लागाईएको आयातित कर खारेज गर्न, सुरक्षण प्रिन्टिङ प्रेस कमिसनमा मुछिएका निर्वतमान सञ्चारमन्त्री तथा सरकाका प्रवक्ता गोकुल बाँस्कोटालाई छानवीन गरि कारबाहीको दायरामा ल्याउन माग गर्दै विरोध प्रर्दशन गरिएको नेपाल विद्यार्थी संघका महामन्त्री उर्मिला थपलियाले जानकारी दिनुभयो ।

प्रर्दशकारीहरुले सरकारी ढुकुटीको चरम दुरुपयोग भैराख्दापनि प्रधानमन्त्री भ्रष्ट्राचारमा लिप्त भई  मौन बसेको भन्दै प्रधानमन्त्रीको राजिनामाको समेत माग गरेका थिए ।

प्रर्दशनलाई सम्बोधन गर्दै महामन्त्री थपलियाले काण्डै काण्ड को भुमरीमा पौडी खेल्दै तैरिन खोज्नु भनेको यो सरकार आफै दुब्ने तयारिमा छ भन्ने कुरामा दुइ मत नभएको बताइन् ।

‘क्याम्पसमा स्वबियु विहिन बनाउनु भनेको यो सरकार निर्वाचन बाट भाग्न चाहन्छ भन्ने प्रष्ट छ । पुस्तकमा कर झन आम विद्यार्थी को विरुद्धमा छ ।’ महामन्त्री थपलियाले भनिन्, ‘नेकपाका ओली सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको छ । त्यो हामी टुलुटुलु हेरी बस्न सक्दैनौं । दुई तिहाइको दम्भ देखाउँदै कम्युनिष्ट सरकारले आम नागरिकलाई आजित बनाएकाले त्यसको विद्रोहमा उत्रिएका हौं । सरकारले हाम्रो मागलाई सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाउछौं ।’

ने.वि. सघ केन्द्रिय समितिले देशैभरको क्याम्पस अगाडि सरकारविद्ध आइतबार विरोध प्रदर्शन गरेको छ ।


सम्बन्धित खबरहरु