हङकङले नेपाललाई दियो १५५ रनको लक्ष्य

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार ०९:५६ मा प्रकाशित ( साल अघि) ३१३ पाठक संख्या

काठमाडौं । एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको हङकङकले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । नेपालविरुद्ध हङकले राम्रो प्रदर्शन गरेको छ । नेपालका बलरहरु आज पनि त्यति सफल हुन सकेनन् । नेपालका सुशन भारी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए भने कुशल मल्लले एक किेट लिए ।

सुशन र सन्दीपको चार ओभरको स्पेल पनि पुरा गर्दा करणले ३ ओभर बलिङ गरे । सुशनले चार ओभरमा ३७ रन दिएर २ विकेट लिएका हुन् भने सन्दीपले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले भने तीन ओभरमा १६ रन दिँदै एक विकेट लिएका छन् ।

आजको खेलमा करण केसी, अविनाश बोहोरा र पारस खड्काले पनि बलिङ गरेपनि विकेट विहीन बने ।
टस हारेर पहिला ब्याटिङ गरेको हङकङले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपालमाथि दबाव कायम गरेको थियो ।
७।५ औं ओभरमा नेपालका लागि स्पिनर सुशन भारीले पहिलो सफलता दिलाएका हुन् ।

उनले साहिद ओसिफलाई आउट गरे । ओसिफ २३ बलमा २६ रन बनाएर पभेलियन फर्किए । दोस्रो विकेटको रुपमा सुशनले दशौं ओभरका निजत खानलाई आउट गरे । उनी अर्धशतक नजिक ९४८० मा पुगेका बेला कुशल मल्लको हातबाट क्याच आउट गराउँदै पभेलियनको बाटो देखाए ।

११ औं ओभरमा नेपालका सन्दीपले तेस्रो सफलता दिलाए । सन्दीपले हङकङको स्कोर ८५ रन हुँदा किनचित साहलाई सून्य रनमै पभेलियन पठाए । हङकङको ११० रन हुँदा नेपाललाई कुशल मल्लले चौथो सफलता दिलाए । उनले १४ औं ओभरमा हारुन मोहम्मद अर्सदलाई आउट गरेका हुन् । उनी २७ रन बनाएर पभेलियन फर्किएका छन् ।

पाँचौं सफलता सन्दीपले दिलाए । आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दीपले जेम्स जोनलाई आउट गरे । नेपालले छैटौं सफलता रन आउट मार्फत हात पारेको हो । दीपेन्द्रसिंह ऐरीले मोहम्मद ऐजज खानलाई रन आउट गरेका थिए । खानले २९ रन जोडे ।
पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपालका लागि प्रतियोगिताको फाइनलमा पुगेर एसिया कप छनोटमा स्थान बनाउन बाँकी सबै खेल गर या मरको स्थितिमा छ । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल १३२ रनमा रोकिएको थियो । एजेन्सी ।


सम्बन्धित खबरहरु