कोरोनाले अमेरिकामा पनि लियो एकको ज्यान, वाशिङ्टनमा आपतकाल घोषणा

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार ०७:३४ मा प्रकाशित ( साल अघि) ३१७ पाठक संख्या

काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गएको छ ।

वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको हो । कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।


सम्बन्धित खबरहरु