समृद्धि ल्याउन शिक्षामा सुधार आवश्यक : डा कोइराला

ओकेखबर संवाददाता १७ फाल्गुन २०७६, शनिबार २१:३८ मा प्रकाशित ( साल अघि) २७२ पाठक संख्या

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताउनुभएको छ ।

मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा आज आयोजित पूर्वविधार्थी भेलामा उहाँले शिक्षाको विकास नगरी देशमा सोचे अनुसारको सफलता हासिल नहुने कुरामा जोड दिनुभयो ।

उहाँले समृद्धिको यात्रामा सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन आमूल परिवर्तन गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

भेलामा विद्यालयले पूर्वप्रधानाध्यापक सुश्री मीना जोशी, ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो । भेलाले पूर्वविद्यार्थी शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । विद्यालय विसं २००९ मा स्थापना भएको हो ।


सम्बन्धित खबरहरु