पूर्वाधार करका रूपमा यसअघि उठाइँदै आइएको रकम सदुपयोग नभएको भन्दै नेविसंघले फेरि कर बढाइनु गम्भीर भएको जनाएको छ । नेविसंघले आयातित पाठ्यपुस्तकमा लगाइएको करसमेत फिर्ता लिन सरकारसँग माग गरेको छ । यस्तै बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणलगायत आर्थिक अनियमितामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ । यस्तै माग राख्दै नेविसंघले फागुन १८ गते आइतबार देशैभरका क्याम्पस अगाडि ९ बजेदेखी ९ : ३० बजेसम्म प्रदर्शन समेत गर्दैछ ।
नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न पनि आग्रह गरिएको छ । यही फागुन १४ गते स्ववियू निर्वाचन गर्ने कार्यतालिका भए पनि त्रिभुवन विश्वविद्यालयले अन्तिम अवस्थामा विशेष कारण जनाउँदै निर्वाचन स्थगन गर्ने निर्णय गरेको थियो ।