बढ्दो सवारी दुर्घटनाबारे चिन्ता व्यक्त

ओकेखबर संवाददाता १७ फाल्गुन २०७६, शनिबार १३:५५ मा प्रकाशित ( साल अघि) ४०६ पाठक संख्या

काठमाडौं । चन्द्रागीरी नगरपालिका १५ काठमाडौंका सफल युवा व्यवसायी तथा यातायात विज्ञ देबेन्द्र प्रधानद्धारा वर्तमान प्रहरी महानिरिक्षक आइजिपी ठाकुर ज्ञवालीसंग भेटवार्ता गर्नु भएको छ ।

प्रहरी मुख्य कार्यलय नक्सालमा भएको भेटमा व्यवसायी तथा यातायात विज्ञ प्रधान आइजिपि ज्ञवाालीलाइ बधाई तथा सफल कार्यकालको शुभकामना दिदै बढ्दो सवारी दुर्घटनाबारे चिन्ता व्यक्त गर्नुभएको थियो । त्यस्तै दुर्घटना न्युनिकरण कसरी गर्न सकिन्छ भने विषयमा छलफल समेत गर्नु भएको छ । छलफल कै क्रममा आइजिपी ज्ञवालीले भेहिकलले सवारी चालक हरुलाइ उचित सिप परामर्श दिदै सवारी दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेलेकोमा प्रंशसा गर्नु भएको छ ।

करीब डेढ वर्ष देखि चन्द्रागीरी गुर्जुधारामा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा ल्याउनु भएका प्रधान दुइ दर्जन भन्दा बढि वभििन्न सामाजिक संस्थाहरुमा प्रत्यक्ष रहेर र विभिन्न सामाजिक कार्यमा सक्रिय रुपमा लाग्नु भएका सामाजिक तथा आध्यात्मिक व्यक्तित्व समेत हुनुहुन्छ । उहाले सञ्चालनमा ल्याएको भेहिकलको केहि समय अगाडि बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अवलोकन गरी प्रंशसा समेत गर्नु भएको थियो ।


सम्बन्धित खबरहरु