‘किस्ताबन्दीको तदर्थ समितिले ने.वि. संघ अधिवेशनलाई अन्योल बनायो’ : नेता काफ्ले

ओकेखबर संवाददाता १६ फाल्गुन २०७६, शुक्रबार १९:५६ मा प्रकाशित ( साल अघि) ५२५ पाठक संख्या

काठमाडौं । तदर्थ समिती गठनको १ महिना पुग्दा पनि समिती ले पूर्णता नपाएको र अधिवेशनको सुरसार नै नगरेको बिषयमा ने.वि. संघ जनमैत्री कलेजले आज विचार गोष्टी आयोजना गर्यो ।

तदर्थ समितिको अपूर्णताले विद्यार्थी आन्दोलन र विधिवत महाधिवेशनमा अन्योलता निम्त्याएको विद्यार्थी नेताहरुले चर्चा गरे । नेपाली काङ्रेसका युवा नेता कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा बोल्दै काफ्लेले किस्ताबन्दीको तदर्थ समितिले अधिवेशनलाई अन्योल बनाएकोले विद्यार्थीहरुले नेतृत्वलाई निरन्तर खबरदारी गर्न सुझाव दिए ।

३२ को एजेण्डामा अमरण अनसन बसेका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले अमरण अनसनको वेवास्ता गर्दै आएको तदर्थ समितिले एक महिना बित्दा पनि अधिवेशनको सामान्य प्रकृया समेत नथालेको बताए । उनले अब पाँच महिनामा अधिवेशन सम्पन्न गर्नेमा शंका व्यक्त गर्दै छ महिना पछी एक दिन समय थपे पनि मान्य नहुने बताए ।

कार्यक्रममा ने.वि. संघ नेताहरु शिव रिमाल , ईश्वर विष्ट , मोती भण्डारी , इन्दु शर्मा , गणेश सापकोटा , इश्वर अधिकारी,मनिस सिम्खडा लगायतको उपस्थिती थियो । कार्यक्रम निराजन शाहीको सभापतित्वमा सम्पन्न भएको नेबिसंघ नेता सुरज अयरले बताए ।


सम्बन्धित खबरहरु