प्रधानमन्त्री ओलीलाई राजिनामा दिन कांग्रेस नेता कोइरालाको सुझाव

ओकेखबर संवाददाता १५ फाल्गुन २०७६, बिहीबार १९:५० मा प्रकाशित ( साल अघि) ३७७ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले बताए ।

छलफलका क्रममा कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाएको बताए ।
उनले अब नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सल्लाह दिएका छन् ।

कोइरालाको राजीनामाको कुरा सुनेपछि प्रधानमन्त्रीले प्रतिपक्षी दलको धर्म नै राजीनामा माग गर्नु भएको बताएका स्रोतले जनाएको छ ।


सम्बन्धित खबरहरु