दुर्घटनापछि पूर्व उपप्रधानमन्त्री मैनाली ग्राण्डी हस्पिटलमा, यस्तो छ अवस्था (भिडियो सहित)

ओकेखबर संवाददाता १५ फाल्गुन २०७६, बिहीबार १९:१५ मा प्रकाशित ( साल अघि) ५६९ पाठक संख्या

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार बिहीबार दिउँसो महोत्तरीको बर्दिवासमा दुर्घटना भयो ।

मैनाली र उहाँका परिवारका सदस्य रहेको कार बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनालीको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं टोखा स्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा ल्याईएको छ ।

मैनालीको दाँहिने खुट्टा दुई ठाउँमा भाँचिएको चिकित्सकहरुले जनाएका छन् । टाउँको र चिउँडोमा पनि गहिरो चोट लागेको छ । उहाँको खुट्टाको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको छ । उहाँको अपरेशन राति २ बजेसम्ममा सकिने उपचारमा खटिएका एक चिकित्सकले बताए । बुहारी पूजाको दुवै खुट्टा भाँचिएको छ । अरु सामान्य घाइते भएका छन्। सबैजनाको ग्राण्डी हस्पिटलमा उपचार भैरहेको छ ।

कारमा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पी एन् मैनाली र कार चालक रामप्रसाद पौड्याल रहेको प्रहरीले जनाएको छ ।

झापाबाट काठमाण्डौ आउँदै गरेको मैनाली चढेको बा ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो ।


सम्बन्धित खबरहरु