आज: 

Breaking : महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना , अवस्था गम्भीर

ओके खबर १५ फाल्गुन २०७६, बिहीबार १३:४८ मा प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या

नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।

उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईले जानकारी दिए ।

मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु