ब्याचलर पार्टीको लागि प्रियंका आफ्ना केहि निकट साथीहरु लिएर थाईल्याण्ड उडेकी थिईन् भने आयुष्मान आफ्ना भाई आशिरमान र केहि साथीहरुसहित पोखरा पुगेका थिए ।
प्रियंकाले मंगलबार मेहेन्दी पार्टीको कार्यक्रम आयोजना गरेकी थिइन् । मध्यरातसम्म चलेको सांगितिक कार्यक्रममा धेरै कलाकारहरुको सहभागिता थियो ।
उनीहरुको विवाहका लागि काठमाडौंको एक रिसोर्ट तीन दिनका लागि बुकिङ गरिएको छ । आज प्रियकां र आयुष्मानको त्यही विवाह हुँदैछ । सामाजिक सञ्जालमा यो जोडिको निकै चर्चा हुँदै आएको छ ।