आज: 

इन्डोनेसियामा भूकम्पको ठूलो धक्का, सुनामी आउने सम्भावना कत्ति ?

ओके खबर १४ फाल्गुन २०७६, बुधबार १५:२१ मा प्रकाशित ( साल अघि) ३३१ पाठक संख्या

जकार्ता – इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ ।

 

उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ ।

सन् २०१८ मा गएको ७. ५ म्याग्नीच्यूडको भूकम्पले सुलावेशीको पालुमा मात्र चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।


सम्बन्धित खबरहरु