पुस्तक आयातको करविरुद्ध विरोध प्रर्दशन तथा खबरदारी सभा हुदै

ओकेखबर संवाददाता १४ फाल्गुन २०७६, बुधबार ०८:३९ मा प्रकाशित ( साल अघि) ४९६ पाठक संख्या

काठमाडौं । भारत लगायत तेस्रो मुलुकबाबट आयात हुने किताब तथा पत्रिकामा १० प्रतिशत कर लगाउने सरकारी नीतिविरुद्ध विरोध प्रर्दशन तथा खबरदारी सभा हुदैछ ।

उच्च शिक्षाको पाठ्यक्रमकै पनि कतिपय पुस्तक विदेशबाट आउनु पर्ने तर सरकारले कर लगाएपछि त्यसको भार विद्यार्थीलाई पर्ने भएकाले त्यसलाई खारेज गर्न माग गर्दै कहि समय अघिदेखि निरन्तर आन्दोलन भैरहेको छ ।

यसैको निरन्तरतास्वरुप बुधबार पनि माइतिघर मण्डलामा हुन लागेको विरोध प्रर्दशन तथा खबरदारी सभा साँझ ५ बजेबाट सुरु हुनेछ ।
‘कितावमा कर! फिर्ता गर !!’ भन्ने मूल नाराका साथ आयोजित प्रर्दशनमा नेपाली कांग्रेसका सांसद्वय प्रदिप गिरी र गगन थापा लगायत आम विद्वान तथा पाठकहरुको विशाल उपस्थिति हुनेछ ।

यसअघि भन्सार विभागले चालू आवको पहिलो चार महिनामा १ करोड ४५ लाख ४३ हजार राजस्व संकलन गरिसकेको छ।
साउनदेखि कात्तिकसम्म १३ करोड २१ लाख ५३ हजारको ११ लाख ४९ हजार ७ सय ४७ वटा किताब आयात भएको छ। यसमा तयारी किताब मात्रै नभएर ब्रोसर, छापिएर आएका पर्चा, शब्दकोष तथा ज्ञानकोष पनि रहेको छ।

त्यसो त सरकारले किताबबाट जम्मा गरेको राजस्व गत वर्षको भन्दा १० लाख ५३ हजार बढी हो। गत वर्षभरिमा १ करोड ३४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको थियो।


सम्बन्धित खबरहरु