प्रथम जननिर्वाचित वी. पी. कोइरालाको सरकारलाई राजा महेन्द्रले २०१७ साल पौष १ गते शाहीसेनाको बलमा अपदस्थ गरे । वी. पी. कोइराला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत अधिकांश ठुला नेता जेल परे, बाँकी भारतीय भूमिमा निर्बासित हुनु पर्यो । राजाद्वारा अपहरित प्रजातन्त्रलाई पुनस्थापना गर्न नेपाली कांग्रेसले फेरी सशस्त्र क्रान्ति समेत गर्यो तर पार लागेन ।
देशभित्र नेपाली कांग्रेसका छिटपुट बाहेक सबै गतिविधि बन्द भए । जेल र प्रबासबाट विभिन्न संघर्ष जारी नै रहे । यही क्रममा देशभित्र रहेर कांग्रेसमा नयाँ पुस्तालाई आवद्ध गर्ने र देशभित्रै बसेर प्रजातन्त्रको लागी लडाई गर्ने उद्घोष गरेका थीए कृष्णप्रसाद भट्टराईले । उहाँकै हातबाट २०२७ बैशाख ६ गते काठमाडौंमा नेपाल विद्यार्थी संघको स्थापना भयो । ने. वि. संघको संस्थापक अध्यक्षको रूपमा बिपिन कोइराला बने । त्यसपछि क्रमशः शेरबहादुर देऊवा, बिमलेन्द्र निधी, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एन. पि. सावद, धनराज गुरुङ, ग़ोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोर सिंह राठोर, गुरु घिमिरे, केशब सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रंजित कर्ण, नैनसिंह महर लगायत १८ जनाले ने. वि. संघको नेतृत्व गरिसक्नुभएको छ र १९औ अध्यक्षको रुपमा संगठनको नेतृत्व गर्ने भाग्यमानी व्यक्तिको रुपमा राजीव ढुंगानाले सौभाग्य पाउनु भएको छ । ने. वी. संघमा क्याम्पस, जिल्ला, अञ्चलको , विश्वविद्यालय र विकास क्षेत्रको नेतृत्व गर्दै केन्द्रीय समितिमा १५ बर्ष समेत करिब २७÷२८बर्ष ने. वि. संघमा योगदान गर्ने अवसर प्राप्त गरेको यो पङ्तिकार हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दै सक्दो सहयोग गर्ने वचनवद्धता समेत प्रकट गर्द्छ ।
ने. वि. संघले नेपालको प्रजातात्रिन्क आन्दोलनको इतिहासमा धेरै ठुलो योगदान गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास र नेपालको विद्यार्थी आन्दोलनको इतिहासबाट ने. वि. संघको भूमिका हटाईदिने हो भने त्यो इतिहास नै अधुरो हुन्छ । नेपालको शैक्षिक, राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रको परिवर्तन र समृद्धिमा पनि ने. वि. संघले अहम भूमिका निर्वाह गरेर आफनो स्वर्णिम इतिहास निर्माण गरेको छ तर त्यो गौरवशाली इतिहास निर्माण गरेको ने. वि. संघ अहिले छिन्नभिन्न अबस्थामा रहेको छ ।
गुटबन्दीका कारण राष्ट्रका जल्दाबल्दा मुद्धा र राष्ट्रियताका मुद्धामा समेत सिंगो स्वरूपमा उभिन नसकेको तितो यथार्थ पनि अनुभव गर्नु पर्यो । ने. वि. संघको स्थापना नै लोकतन्त्र स्थापनार्थ भएको थियो तर दुईतिहाईको कम्यूनिस्ट सरकार स्थापना भएर क्रमशः मुलूकको लोकतान्त्रिक प्रणाली र मौलिक अधिकारहरू माथी प्रहार हूँदा समेत अधिकांश जिल्ला, क्याम्पस, विश्वविद्यालय समितिहरू या त विवादमा, या त निष्क्रिय या खाली छन । राजधानीका अधिकांश ठुला र महत्वपूर्ण क्याम्पसहरूमा इकाई समिति छैनन् । ने. वि. संघको केन्द्रीय समिति नरहेको १ बर्षमा ने. वि. संघको अत्यन्त कमजोर र विकृत स्वरूप प्रदर्शन भयो, अब यो दोहरिन हुदैन । संगठन भित्र मूल्यांकनको परिपाटी व्यवस्थित नहूदा गुट बिना व्यक्तित्व विकासको सम्भावना नै छैन । गुट र नेताको फेरको दलदलमा भासिदा, छलफल, विचार विमर्श , विद्यार्थी र जनताका मुद्धाहरू बीचको प्रतिस्पर्धा शुन्य भएर वैचारिक धार अत्यन्त जीर्ण बनेको छ ।
फलस्वरूप विद्यार्थी नेता तथा कार्यकर्ता मैदान छाडेर नेताको दैलोलाई कर्मभूमि बनाउन विवश छन । जसका कारण अधिनायकवादी कम्युनिस्ट सरकारको भ्रस्ट र अधिनायकवादी गतिविधिका विरुद्ध मैदानमा उत्रीन सकेन र समाजको नजरमा ने. वि. संघको क्रान्तिकारितामा खिया लागेको देखियो । आफनै मातृ पार्टीको सभापती मात्र हैन पटक पटक देशको प्रधानमन्त्री बन्ने व्यक्ति जन्माउन सफल ने. वि. संघले पछिल्लो अवस्थामा देशका शैक्षिक ,सामाजिक, राजनीतिक र आर्थिक मुद्धाहरूमा आफनो जूझारू उपस्थिति देखाउन सकेको छैन । नेतृत्व प्रदर्शन गर्न सकेको छैन ।
यी सबै अवस्थालाई मनन गरेर आफुभित्रको अव्यवस्था र कमजोरीलाई सुधारेर अघि बढ्ने कुरा नै वर्तमान नेतृत्वको चुनौती हो । यो चुनौतीलाई पार गर्दै एउटा निश्चित लक्ष तय गरेर परिणाम हात पार्नु नै वर्तमान नेतृत्वको ज़िम्मेवारी पनि हो । नेपाली कांग्रेसले आफनो सांगठनिक जीवनमा गरेका कतिपय निर्णयहरू कार्यान्वयनका लागी हुन कि उल्लंघनका निम्ति ? भन्ने पनि प्रश्न उठने गरेका छन । जस्तो छ महीना भित्र तरुणदल, दलित संघ, किसान संघ र सैनिक संघलाई छ महीनाको समय दिएर महाधिवेशन गर्न भनेको छ । ने. वि.संघलाई पनि छ महीनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी तोकीएको छ । तर यो निर्णय गर्ने पार्टीको केन्द्रीय समिति, ति भातृ सस्थाका केन्द्रीय समिति र आमकांग्रेसजन सबैलाई थाह छ कि यिनीहरू कसैले पनि छ महीनामा महाधिवेशन गर्न सक्ने छैनन । यो अबस्थामा पार्टीले यी सबै भातृसंस्थाहरूलाई निश्चित कार्यभार सुम्पीएर परिणाम प्राप्त हुने गरी कार्यक्षेत्रमा पठाउनु पर्छ र ति भातृ संस्थाहरूले पनि आफनो जिम्मेवारी पूरा गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।
यो आलेखमा भने नयाँ नेतृत्व प्राप्त गरेको ने. वि. संघले आफ्ना कार्ययोजना के कस्ता बनाउने र त्यसबाट देश समाज र मातृ पार्टीलाई के कस्तो परिणाम दिने भन्नेबारे चर्चा गरीनेछ ।
कार्य समितिको विस्तार
इतिहासमा पहिलो पटक ने. वि. संघले ९ जना महामन्त्री प्राप्त गरेको छ । ९ महामन्त्री कुन विधान अन्तर्गत ल्याएको र यिनीहरूले के–कस्तो काम गर्ने भन्ने स्पष्ट छैन। विधान भन्दा बाहिरबाट राजनीतिक निर्णय गरीसकेपछि व्यक्तिहरूका व्यवस्थापनमात्र प्रमुख विषय भएर आएको छ । यही विषयलाई प्रमुख मानेर जाने हो भने पनि ३२ बर्ष माथीको उमेर समूहको यो अन्तिम अवसर हो त्यसैले संगठनमा लामो समय योगदान गरेका बढी भन्दा बढी विद्यार्थी नेताहरूलाई व्यवस्थापन गर्ने कुरालाई ध्यान दिनुपर्छ । क्षेत्र, भेग र समावेशीलाई समेत ध्यानमा राखेर त्यही अनुसारको पदाधिकारीहरू नियुक्त गरिनु न्यायोचित हुन्छ । प्रमुख प्रतिपक्षीअखिलले ३३५ जनाको केन्द्रीय समिति बनाएको छ । त्यही अनुसार २५१ देखी ३०१ सम्मको कार्य समिति बनाई परिणाम प्राप्त हुनेगरी कार्यक्षेत्र तोकेर ज़िम्मेवारी दिनु औचित्यपूर्ण हुनेछ । अर्को कुरा ३२ बर्ष भन्दा माथीको समूह महाधिवेशनमा भाग लीन नपाउने भईसकेपछि वर्तमान कार्यसमितिमा बसेका ३२ मुनिका साथीहरूलाई निर्वाचनमा उमेदवार बन्न नपाउने निर्णय न्यायोचित छैन यसलाई हटाउनु पर्छ ।
संगठन निर्माणलाई प्राथमिकता :
नेपाली कांग्रेसले सात दशक भन्दा लामो लोकतान्त्रिक संघर्षको यात्रा तय गर्दा दुईतिहाईको कम्युनिस्ट सरकार निर्माण हुनु कांग्रेसको सबैभन्दा ठुलो चुनौती हो । आगामी निर्वाचन पनि कांग्रेसले हार्ने अवस्था आयो भने त्यो कांग्रेसको लागी मात्र होईन समग्र लोकतान्त्रिक प्रणालीको लागी समेत अपूरणीय क्षेती हुनसक्छ । त्यसैलेने. वि. संघले संगठन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । हिजोको निर्वाचनमा कांग्रेसको १५ लाख मत कम थियो, आगामी निर्वाचनमा २५ लाख नयाँ मतदाता थपिनेवाला छन । यो हिसाबले आगामी निर्वाचनमार्फत कांग्रेसको सरकार बनाउन २५ लाख मत आवश्यक छ । नयाँ मतदाता निर्माणको प्रमुख दायित्व ने. वि. संघको हो त्यसैले त्यो मध्य १० लाख मतदाता तयार गर्ने जिम्मेवारी ने. वि. संघले लिनु पर्छ । त्यही अनुसार संगठन निर्माण ने. वि. संघको पहिलो प्राथमिकता हो ।
स्ववीयु निर्वाचन :
ने. वि. संघका अग्रजहरूको बलिदानपूर्ण संघर्षबाट स्थापना भएको संस्था हो स्ववीयु । त्यसैले यसको अस्तित्व रक्षाको ज़िम्मेवारी ने. वि.संघको हो । मूलकलाई आवश्यक सबैक्षेत्रको भावी नेतृत्व विकासको जग हो स्ववीयू । त्यसैले यो महत्वपूर्ण संस्थामा देशव्यापी परिणाम आफनो पक्षमा पार्नेगरी वर्तमान नेतृत्व अगाडि बढ्नुपर्छ । देशभरका क्याम्पस तथा विश्वविद्यालायहरूमा आफनो संगठनलाई अपडेट गर्नु वर्तमान नेतृत्वको दोस्रो महत्वपूर्ण चुनौती हो । त्यसैले स्ववीयू निर्वाचन तयारीलाई पूर्ण एकता र पारदर्शीताका साथ सामूहिक रूपले सामना गर्ने रणनीति बनाउनुपर्छ र यो निर्वाचनको तयारीको लागी पार्टीले तत्काल एउटा संयन्त्र निर्माण गर्नु पर्छ ।
स्थानीय, संघ र प्रदेश निर्बाचनको तयारी
अबको २ वर्षमा स्थानीय निर्वाचन र ३ वर्ष पछि संघ र प्रदेश निर्वाचन आउँदै छ उक्त निर्वाचन कांग्रेसको लागी जीवनमरणको सवाल बोकेको निर्वाचन हो । त्यसैले ने. वि. संघको कार्यसमिति ठुलो बनाई प्रदेश निर्वाचन क्षेत्रको प्रमुखको रूपमा ने. वि. संघको केन्द्रीय सदस्यलाई कार्यक्षेत्रमा जिम्मेवारी दिएर पठाउनुपर्छ । र प्रगति विवरण बुझाउनेगरी मात्र बैठकमा आमन्त्रित गरिनुपर्छ । काठमाडौंकेन्द्रित राजनीतिले पार्टी र संगठनलाई जनता संग जोड्न सक्दैन । आफनो क्षेत्रभित्र ने. वि. संघको संगठन निर्माण र परिचालन उसको जिम्मेवारी हुनुपर्छ ।
संगठन भित्र मूल्यांकन पद्धतिको विकास
कुनै पनि संगठनले आफनो निर्दिष्ट लक्ष प्राप्त गर्नको लागी संगठन भित्र मूल्यांकन पद्धतिको विकास गर्नुपर्छ । जसरी लडाईको मैदानमा बहादुरी देखाउने सैनिकहरूलाई विभिन्न तक्माहरूले विभूषित गरिन्छ, त्यसरी नै संगठनभित्र उत्कृष्ट काम गर्नेहरूलाई मूल्यांकन गर्ने, पुरस्कृत गर्ने र नेतृत्वमा स्थापित गर्ने प्रचलन शुरू गर्नुपर्छ । त्यसको लागी कांग्रेसका दिवंगत नेताहरूको नाममा विभिन्न पुरस्कारहरू स्थापना गर्ने र ने. वि. संघको हरेक स्थापना दिवश बैशाख ६ गते वितरण गरेर उत्साहित बनाउनुपर्छ अनि मात्र संगठनका हरेक मानिस काम प्रति समर्पित हून्छन् र संगठन बलियो हुन्छ ।
शैक्षिक सामाजिक आर्थिक मुद्दाहरू
कुनै पनि संगठनले समाजमा आकार ग्रहण गरी ओजन प्राप्त गर्न देश समाज र जनताका मुद्धमा केन्द्रीत हुनुपर्छ । अनि मात्र त्यो संगठनले जनताको विश्वास प्राप्त गर्न सक्छ । जनताको विश्वासको आधारमा नै हरेक संगठनले समाजमा आफनो प्रभाव रओजन प्राप्त गर्ने हो त्यसैले ने. वि. संघले निम्नानुसारका मुद्धाहरूमा आफुलाइ केन्द्रित गर्नुपर्छ ।
क. संस्कृत भाषा , आयुर्वेद शिक्षा र पर्यटन :
संसारको हरेक विषयवस्तुको बृहत् ज्ञानको विशाल भण्डार संस्कृत भाषा हो । हामी नेपाली पूर्वीय दर्शनका अनुयायी हौं । संस्कृति हाम्रो मौलिक सम्पदा हो । संस्कृत भाषा र हिन्दू धर्म संस्कृति भित्र मात्र नेपालको पहिचान छ । यही पहिचान भित्र हाम्रो समृद्धि लुकेको छ । अहिले आधुनिक विज्ञानले आविष्कारहरू गरेको छ, त्यसको उदगम बिन्दु संस्कृत भाषा हो । चाहे त्यो यटम बमको कुराहोस् या क्यान्सर विरुद्धको रोकथाम । संस्कृत भाषाको त्यही महत्वलाई स्वीकार गरेर अहिले नासाले ठुलो धनराशी खर्च गरेर संस्कृत भाषाको अनुसन्धान गरी रहेको छ । अमेरिका , क्यानड़ा, जर्मन जस्ता विकसित राष्ट्रहरूले संस्कृत विश्वविद्यालाय स्थापना गरेका छन । आज हामीलाई अंग्रेज़ीले निल्न थालीसक्यो । संस्कृत भाषालाई हामिले महत्व दिएको भए आज जून ज्ञान विज्ञानका लागी अंग्रेजी भाषालाई विश्वास गर्ने गरेका छौ, त्यो नेपालीमा प्रकाशित गर्ने र अंग्रेजीमा अनुवाद गर्ने दिन आउथ्यो । त्यसैले हामिले संस्कृत भाषाको पुनरुत्थान गर्नु पर्छ । १० कक्षा सम्म संस्कृत भाषालाई अनिवार्य गराउने आन्दोलन चलाउनु पर्छ ।
ईसाईहरूको सौजन्यमा नेपालमा कम्युनिस्टहरूले संस्कृत भाषा र हिन्दू संस्कृति माथी प्रहार गरेका हुन बुझौ । संस्कृत भाषा भित्र समेटीएको नेपालको महत्व र पहिचानलाई उत्खनन गरौ । संस्कृत भाषाभित्रको आयुर्वेद शिक्षा आधुनिक स्वास्थ्य विज्ञानको जननी हो भनेआयुर्वेद हाम्रो मौलिक धरोहर हो । हाम्रो वेद र धर्मग्रन्थहरूले हजारौं वर्ष पहिले पहिचान गरेका कुराहरू आधुनिक विज्ञानले भरखर चिनीरहेको छ । उदाहरणको लागी “ गाँजा “ लाई लीउ । अथर्व वेदले हजारौं वर्ष पहिले गाँजाको औषधीय गुणलाई चीनेर संसारका बहुमूल्य बनस्पतिको रूपमा पहिचान गरेको छ । जून कुरालाई ठुलो अनुसन्धान पछि सं २०१७ मा मात्र विश्व स्वास्थ्य संगठन ध्ज्इ ले स्वीकार गरेको छ । यस्ता धेरै कुराहरू छन त्यसैले संस्कृत भाषा आयुर्वेद शिक्षालाई विस्तार गरेर अर्थ पर्यटनसंग जोड्ने विषयलाई ने. वि. संघले आफनो प्रमुख शैक्षिक मुद्धा बनाउनु पर्छ ।
ख. मौलिक संस्कृतिको संरक्षण :
आफनो मौलिक संस्कृति हरेक समुदायको आफनो अस्तित्व र पहिचान हो । अहिले अंग्रेजी भाषा संस्कृतिले हाम्रो मौलिक संस्कृतिलाई निल्न थालीसक्यो । मनन गरौ अंग्रेजीका शिशु कक्षा देखी अंग्रेजीले हामी माथी कसरी अतिक्रमण गरी रहेको छ । हामिले हाम्रो समृद्धिलाई हाम्रो सभ्यता संस्कृति र सास्कृतिक सम्पदाहरूमा खोज्नु पर्छ । त्यसैले यसको जगेर्ना हाम्रो प्राथमिकतामा हुनुपर्छ ।
ग. आविष्कारको क्षेत्रलाई प्राथमिकता :
जीवनलाई सहज रूपले चलाउन आवश्यक प्रविधी हरेक युगमा विकाश हुँदै आइरहेको छ । कुनै समय विकास भएका हाम्रा मौलिक ज्ञान र सिपबाट विकास भएका प्रविधी अहिले समाप्त भई सकेका छन र केहि समाप्त हुने चरणमा छन । उदाहरणको लागी ढिकी–जातो, पानी घट्ट, कोल, हिमालदेखी पहाड, तराई सबैतिर लूगा बनाउने आफनो मौलिक प्रविधी पनि थीए हरेक समुदायमा । अहिलेत्यसलाई समयानुकूल विकास गर्न सकेको भए हामीले बेच्न पाउने थियौं तर आज आफ्नोलाई समाप्त पारेर अर्काको प्रविधी किनीरहेका छौं । गेहेंद्र शम्शेर कालीन आविष्कारलाई नै नेपालले निरन्तरता दिन सकेको भए आज हामी धेरै अगाडि हुने थियौ । त्यसैले देशमा अनुसन्धान तथा आविष्कारको क्षेत्रलाई उर्बर बनाउने मुद्धालाई ने. वि. संघले प्राथमिकतामा राख्नुपर्छ ।
घ. स्थानीय आवश्कता अनुसारको शिक्षामा जोड :
अहिलेको युग व्यापारको युग हो । जसले बढी पैसा आर्जनको माध्यम विकास गर्नसक्छ उसैको अस्तित्व र प्रभाव बलियो हुने हो । त्यसैले हाम्रो बढी भन्दा बढी उत्पादनलाई विश्व बजारमा बेच्नयोग्य बनाउनुपर्छ । जलश्रोत , पर्यटन,आयुर्वेद, वन तथा वनस्पतिसंग सम्बन्धित शिक्षाको विकास गर्न आवश्यक छ । नेपालमा औषधीय गुण भएका करिब १७०० प्रकारका वनस्पति रहेको विज्ञहरूको भनाई छ त्यसलाई व्यवसायिक रूपले उत्पादन प्रशोधन गर्ने परिवेश तयार गर्नुपर्छ । उदाहरणको लागी, गाँजा ५० हजार प्रकारको प्रयोगमा आउन सक्छ भन्ने छ । नेपालको गाँजा विश्व बजारमा उच्चस्तरीय मानिन्छ । गाँजाको १ लिटर उच्चस्तरीय प्रशोधित तेलको मूल्य जापानमा १ करोड रुपैयाँमा बिक्री हुन्छ । त्यसैगरी टिम्मुरको सोही प्रकारको तेल १ लिटरको ४५००० डलरमा बिक्री भई रहेको छ कुरा बुझौं । कस्तूरीले आफनो सुगन्ध खोज्न भड्कीएजस्तो हाम्रो अवस्थालाई परिवर्तन गरौं । जय नेपाल !! जय ने. वि.संघ !!!