मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको रोहवरमा मेलम्ची प्रहरी र स्थानीयले शिशुको उद्धार गरेका थिए ।
शिशुको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ परिक्षण गरीएको छ । स्वास्थ्यकर्मीको निगरानिमा उपचार भईरहेको शिशुको अवस्था भने सामान्य छ ।
शिशुलाई अहिले स्थानीय लक्ष्मी दुलालाको साथमा राखिएको छ ।
मंगलबार सम्म कोहि आफन्त लिन नआए कानुनी प्रक्रीया अनुसार धर्मपुत्र राख्न प्रक्रीया सुरु गर्ने ईलाका प्रहरी कार्यलय मेलम्चीले जनाएको छ ।