कोरोना भाइरस : दक्षिण कोरियामा आठ सय ३३ जना संक्रमित, आठ हजार नेपाली त्रासमा

ओकेखबर संवाददाता १३ फाल्गुन २०७६, मंगलवार ०६:५५ मा प्रकाशित ( साल अघि) ४९४ पाठक संख्या

काठमाडौं । पछिल्लो चार दिनमा दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ । सोमबार एक सय ४६ जनामा कोरोना भाइरसको जीवाणु पत्ता लागेको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

मृत्यु हुनेको संख्या आठ पुगेको छ । अहिलेसम्म आठ सय ३३ जना संक्रमित भइसकेका छन् । संक्रमणसँगै मृत्युको दरसमेत बढ्न थालेपछि त्यहाँ रहेका नेपालीमा त्रास बढ्न थालेको छ ।

शनिबार भाइरसका कारण डेगु सहरमा एक कोरियन नागरिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटर पार्टस् कम्पनीका चालक हुन् । सोही कम्पनीमा काम गर्दै आएका १६ जना नेपाली बढी त्रासमा रहेको नेपाली जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष नवराज सिवाकोटीले जानकारी दिनुभयो ।

डेगुमा आठ हजार नेपाली छन् । सिवाकोटीका अनुसार अहिलेसम्म सुरक्षित भएको जानकारी आएको छ, तर खतरा भने प्रत्येक सेकेन्ड बढिरहेको छ । यही गतिमा भाइरस बढ्दै गए नेपाली नागरिक थप जोखिममा पर्ने देखिएको छ ।


सम्बन्धित खबरहरु