ब्रेकफेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दिदा एकको मृत्यु

ओकेखबर संवाददाता १२ फाल्गुन २०७६, सोमबार २१:०३ मा प्रकाशित ( साल अघि) ६०३ पाठक संख्या

काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दियो, सोही दुर्घटनामा एक जनाको मृत्यु भयो भने ४ जना घाइते भएका छन् ।

सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको थियो ।

ब्रेकफेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

 

 


सम्बन्धित खबरहरु