नायिका आँचल र उदिपको इन्गेजमेन्ट, २९ गते विवाह

ओकेखबर संवाददाता १२ फाल्गुन २०७६, सोमबार १८:३८ मा प्रकाशित ( साल अघि) ७६० पाठक संख्या

काठमाडौं । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसँग सोमबार चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरुले यही फागुन २९ गते विवाह गर्ने चर्चा छ । तर, यस विषयमा आँचलले आधिकारीक पुष्टि गरेकी छैनन् । फेसबुकको माध्यमबाट प्रेममा परेकी आँचलले उदिपको प्रेम स्वीकारेकी थिइन् ।

‘नाईं नभन्नू ल ४’बाट फिल्म अभिनयमा डेब्यु गरेकी आँचलको नाम अभिनेता पल शाहसँग जोडेर विभिन्न गसिप आउने गर्दछ । तर, उनीहरुले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेनन् ।

आँचल पछिल्लो समय म्युजिक भिडियोको क्वीन पनि हुन् । उनलाई भिडियो खेलाउन निर्देशक महिनौंसम्म पनि कुर्ने गर्दछन् । केही समय पहिले ‘झिँगेदाउ’ फिल्मको छायाँंकन सक्याएकी आँचल अहिले फिल्म ‘डामाडोल’ अभिनयको तयारीमा छिन् ।


सम्बन्धित खबरहरु