फेवातालमा डुंगा पल्टियो, एक जना वेपत्ता

ओकेखबर संवाददाता १२ फाल्गुन २०७६, सोमबार १७:२८ मा प्रकाशित ( साल अघि) ६१८ पाठक संख्या

पोखरा । पोखरा फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालको अनुसार चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको थियो । ३ मध्ये २ जनाको उद्धार गरेको हो । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे छन् ।

फेवातालमा डुंगा चढ्दा / चलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ । प्रहरीले फेवातालमा हराइरहेका लुइँटेलको खोजी कार्य तीब्र पारिएको जनाएको छ ।


सम्बन्धित खबरहरु