प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्न नहुने बताएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने बताएका हुन्।
मधेश, जनजाति, दलित, थारूलगायतले यसअघि संविधान संशोधनको माग गरे पनि तयार नदेखिएको नेकपा एक व्यक्तिका लागि संविधान संशोधनमा तयार देखिनु तमासा भएको कांग्रेसको भनाइ छ।
‘मधेसले माग्यो, संविधान संशोधन। भनियो-हुन्न, जनजातिले मागे हुन्न भनियोl दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो,’ शर्माले भनेका छन्, ‘तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी? गम्भीर राष्ट्रिय विमर्शविना यो के तमासाको तयारी कमरेडहरु?’