आज: 

सेक्युरिटी प्रेस खरिद प्रकरण : प्रधानमन्त्री ओलीसहित चारविरुद्ध अख्तियारमा उजुरी

ओके खबर ११ फाल्गुन २०७६, आईतवार १९:३७ मा प्रकाशित ( साल अघि) २३२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्न भएको भन्दै उजुरी परेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनले उजरीमाथि अख्तियारले छानविनसमेत सुरुवात गरेका उनले बताए।

सेक्यूरिटी प्रेस खरिद प्रक्रियामा अनियमितामा नेपालगन्ज, बाँकेका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सूचना तथा संचार मन्त्रालयका सचिव (हाल सूचना अयोगका प्रमुख आयुक्त) महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो ।

त्यस्तै तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध सुनसरी प्रीतम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले पनि उजुरी दिएका हुन्। सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि बाँस्कोटाले बिहीबार नै पदबाट राजीनामा दिइसकेका छन्।

डेढ महिना पहिले नै अडियो सुनिसकेको दाबी गरिएको उजुरीमा प्रमाण लुकाएर प्रधानमन्त्री ओली भ्रष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानबिन गर्न माग गरिएको छ ।


सम्बन्धित खबरहरु