एमसीसी खारेजी गर्न भन्दै नेपाल बन्दका कार्यक्रम घोषणा

ओकेखबर संवाददाता ११ फाल्गुन २०७६, आईतवार १८:५५ मा प्रकाशित ( साल अघि) ६५४ पाठक संख्या

काठमाडौं । विभिन्न ९ दलीय संयुक्त मोर्चाले एमसीसी सम्झौता खारेजीका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल) लगायतका साना दलहरूले संयुक्त मोर्चा गठन एमसीसी सम्झौता खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको हो ।

एमसीसीको खारेजीसँगै, भारतद्वारा मिचिएका लिपुलेक, कालापानी लगायतका नेपाली भू–भाग फिर्ताको लागि सङ्घर्ष गर्ने निर्णय समेत उक्त मोर्चाले गरेको छ। नौ दलिय मोर्चाले नेकपा संयुक्तलाई समेत समेटेर १० दलिय मोर्चा बनाउँने निर्णय समेत गरेको छ।

कार्यक्रम अन्तरगत फागुन १५ गते अन्तरक्रिया गर्ने, १६ गते संसद भवन घेराउ गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ। उक्त संयुक्त मोर्चाले सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठिरहेको अहिलेको अवस्थामा सङ्घर्षको उत्कर्ष रुप नेपाल बन्दको कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको छ।


सम्बन्धित खबरहरु