लेवान्डोस्कीको गोलमा बार्यनको जित

ओकेखबर संवाददाता १० फाल्गुन २०७६, शनिबार ०८:५० मा प्रकाशित ( साल अघि) २९९ पाठक संख्या

काठमाडौं। रोबर्ट लेवान्डोस्कीले दुई गोलको सहयोगमा बार्यन म्युनिखले जर्मन बुण्डेशलिगामा जित निकालेको छ ।

शुक्रबार राति लेवान्डोस्कीको निर्णायक गोलमा बार्यनले पाडेरबोर्नलाई ३–२ गोल अन्तरले हराएको हो । खेलको २५ औं मिनेटमा सर्ज गेनाबरीको गोलमा घरेलु टोली बार्यनले सुरुवाती अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम समयमा बार्यनका गोलकिपर म्यानुयल नोयरको गल्तीको फाईदा उठाउँदै पाहुना टोलीका डेनिस श्रीबेनले बराबरी गोल फर्काएका थिए ।

लेवान्डोस्कीले ७० औ मिनेटमा बार्यनलाई पुन अग्रता दिलाए । त्यसको ५ मिनेटपछि पाहुना टोलीका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई जित दिलाए । जितसंगै शीर्ष स्थानको बार्यनले ४९ अंक जोडेको छ । तालिकाको पुछारमा रहेको पाडेरबोर्नको १६ अंक छ । एजेन्सी


सम्बन्धित खबरहरु