इटलीमा पनि कोरोना भाईरसले मानिसको मृत्यु, विद्यालय बन्द

ओकेखबर संवाददाता १० फाल्गुन २०७६, शनिबार ०८:१० मा प्रकाशित ( साल अघि) ३७१ पाठक संख्या

एजेन्सी इटलीमा पन कोरोना भाईरसका कारण मानिसको मृत्यु भएको छ । शनिबार इटलीमा ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले जनाएको छ ।
इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको छ भने खेलकुदका कार्यक्रम पनि रद्द गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
चीन बाहेक २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ । चीनमा मात्रै अहिलेसम्म २ हजार २ सय ३९ जनाको ज्यान गएको छ भने ७५ हजार ५ सय ६७ जनालाई कोरोना भएको पाइएको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठनको नेतृत्वको संयुक्त टोली आज कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान जाने भएको छ ।


सम्बन्धित खबरहरु