धुर्मस सुन्तली फाउण्डेशनलाई रंगशाला बनाउन दिएको जग्गाको शोधभर्ना फागुनभित्रै

ओकेखबर संवाददाता ९ फाल्गुन २०७६, शुक्रबार १९:४२ मा प्रकाशित ( साल अघि) ३६१ पाठक संख्या

काठमाडौं । धुर्मस सुन्तली फाउण्डेशनले राष्ट्रिय गौरवको परियोजनाका रुपमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि २० विघा ६ कठ्ठा जग्गा उपलब्ध गराएको कृषि तथा वनविज्ञान विश्वविद्यालयललाई भरतपुर महानगरले जग्गाको शोधभर्ना गर्ने भएको छ ।

महानगरपालिकाले विश्वविद्यालयलाई तत्कालै वडा नं। २० मा रहेको १५ विघा जमिन फागुन महिनाभित्रै दिने जनाएको छ । बाँकी ५ विघा ६ कठ्ठा जमिन उपयुक्त स्थान हेरेर दिने महानगर प्रमुख रेनु दाहालले बताइन् ।
महानगरपालिकाको २०७५ भदौ २६ गते बसेको बोर्ड बैठकले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई महानगरपालिकाको वडा नं २० मा १५ विघा जग्गा शोधभर्ना दिने निर्णय गरेको थियो । महानगरपालिकाले आफैंले नापजाँच गरेर तारबार लगाई जग्गा विश्वविद्यालयलाई दिने तयारी थालेको छ । विश्वविद्यालयमा जग्गा दिने स्थानमा रहेको एक विद्यालयलाई अन्यत्रै स्थानान्तरण गर्ने निर्णय पनि महानगरपालिकाले गरेको छ ।

विश्वविद्यालयले रंगशाला बनाउन २५० मिटर चौडाइ र ५५० मिटर लम्बाई भएको जग्गा उपलब्ध गराएको थियो । त्रिभुवन विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय र भरतपुर महानगरपालिका बीच त्रिपक्षीय २०७५ असोज १९ गते जग्गा दिने सम्झौता भएपछि रंगशाला निर्माणको काम अघि बढेको हो ।

यसअघि, विश्वविद्यालयका निवर्तमान रजिष्ट्रार प्रा।डा।मनराज कोलाक्षपतिले महानगरपालिकासँग सहमतिअनुसार जग्गाको शोधभर्ना पत्र लेखी माग गरेका थिए । विश्वविद्यालयले गत जेठ २९ गते महानगरपालिकालाई पत्र लेखी आवधिक योजना र नियमित अध्ययन अनुसन्धानका कार्यक्रम चलाउन जग्गाको आवश्यकता परेकोले यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको थियो ।


सम्बन्धित खबरहरु