‘बाँस्कोटालाई कानुनी कारबाही गर !’ : नेविसंघ

ओकेखबर संवाददाता ९ फाल्गुन २०७६, शुक्रबार १७:१६ मा प्रकाशित ( साल अघि) ३८३ पाठक संख्या

काठमाडौं ।  निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ(नेविसं)ले प्रदर्शन गरेको छ ।

शुक्रबार दिउँसो नेविसंघ केन्द्रीय कार्यसमितिको आयोजनामा काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गरिएको हो। वाल्मिकी क्याम्पसबाट सुरु भएको प्रदर्शन राष्ट्रिय सभा गृहमा पुगेर पुनः वाल्मिकीमै फर्केर कोणसभामा परिणत भएको थियो।

कोणसभामा उपसभापति तुलसा  पन्त महामन्त्रीद्वय युवराज पाण्डे र दिपक भट्टराईले पनि बाँस्कोटालाई कानुनी कारबाही गर्नुपर्ने र शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यादति गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने बताएका थिए।
बाँस्कोटालाई कारबाही माग गर्दै बिहीबार साँझ गरिएको प्रदर्शनमा प्रहरीले दमन गर्दा अध्यक्ष राजीव ढुंगाना, उपसभापति तुलसा पन्त, महामन्त्री उर्मिला थपलियालगायत दर्जन बढि घाइते भएका थिए।

बिहीबार संगठनले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको ज्यादतिको विरोध र बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरिएको महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु