‘सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री ओलीको संलग्नता !’

ओकेखबर संवाददाता ८ फाल्गुन २०७६, बिहीबार २२:२७ मा प्रकाशित ( साल अघि) ४९६ पाठक संख्या
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त हुन नसकिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ ।

बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि कांग्रेसले यस्तो धारणा दिएको हो । नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्रीको बाँस्कोटाको राजीनामाले मात्रै नहुने भन्दै यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेला सम्म देश आश्वस्त नुहने बताए ।

प्रधानमन्त्रीले बिहीबार सार्वजनिक भएको अडियो एक महिना अगाडी नै सुन्नुभएको कुरा बाहिर आएको उल्लेख गर्दै थापाले अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बाँस्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो र?’ भनेर प्रश्न गरे ।

डा. बाबुराम भट्टराईले यस्ता गम्भिर विषयमा संसदमा छलफल गरेर टुंग्याउनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

मन्त्री बाँस्कोटाले एजेन्टसँग कमिसनका विषयमा मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपनि पदबाट राजीनामा दिएका छन् । उनले आफुमाथि प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएको सामाजिक संजालमार्फत बताएका छन् ।


सम्बन्धित खबरहरु