७० करोड सेटिङ प्रकरण : मिश्रलाई पक्राउ गर्न संसदीय समितिको पत्राचार

ओकेखबर संवाददाता ८ फाल्गुन २०७६, बिहीबार २०:३२ मा प्रकाशित ( साल अघि) ३५६ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या र संसदीय समितिको अपमान गरेको भन्दै दुईजनालाई पक्रेर कारवाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ ।

समितिका सदस्य र समितिबारे अफवाह फैलाएको भन्दै पक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई समितिले पत्र लेखेको हो ।

त्यस्तै, स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रले संसदीय समितिले गलत निर्णय गर्न लागेको भनेर एक अनलाइन पोर्टललाई बताएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।

मिश्रले नै निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग गरेको कुराकानीको अडियो सार्वजनिक गरेका थिए ।

जर्मन कम्पनीलाई सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस नेपालमा स्थापना गर्न दिन लागिएको थियो भनेर बोलेकोमा पनि पक्रेर अनुसन्धान गर्न समितिले भनेको छ ।

समिति सभापति भरतकुमार शाहको निर्देशनपछि सचिवालयले प्रहरीलाई पत्र लेखेको हो ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड बार्गेनिङ प्रकरणमा अडियोमा सुनिएका विजयप्रकाश मिश्रसहित अन्य एक जनामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।


सम्बन्धित खबरहरु