आरआर क्याम्पसमा नेवसिंघ र प्रहरीबीच झडप, दर्जनौं सख्त घाइते

ओकेखबर संवाददाता ८ फाल्गुन २०७६, बिहीबार १९:२६ मा प्रकाशित ( साल अघि) २३७३ पाठक संख्या

काठमाडौं ।  नेपाल सरकारका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निष्पक्ष छानवीनको माग राख्दै नेपाल विद्यार्थी संघ कार्यसमितिले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनको हस्तक्षेपमा परि विद्यार्थीहरु नेताहरु सख्त घाइते भएका छन् ।

 

प्रर्दशनकारीहरुले आरआर क्याम्पस अगाडी भ्रष्ट्राचारीको निष्पक्ष छानवीन गरि कारबाही गर्न सरकारसंग माग गर्दै प्रदर्शन गरेका थिए ।

नेवीसंघका महामन्त्री युवराज पाण्डेले ओके खबरलाई दिएको जानकारी अनुसार ‘ने बि संघ केन्द्रिय समितिले सन्चार मन्त्री गोकुल बाँस्कोटालाई राजिनामा मात्र होइन कारबाही को माग, पुस्तकमा लगाएको अत्याधिक कर र अन्य भ्रष्टाचारको विषयमा प्रदर्शन गरि कोणसभाको तयारी हुँदै गर्दा प्रहरी बलले ज्याददी गर्यो । यसले ने बि संघको केन्द्रिय समिति माथि नै सरकारको निर्देशनमा आक्रमण गरेको हो ।’ पाण्डेले भने ।

 

नेवसिंघ का केन्द्रिय अध्यक्ष राजीव ढुङ्गाना सहित महामन्त्री उर्मिला थपलिया, युवराज पाण्डे, दिपक भट्टराई, बलदेव तिमल्सिना, हरि आचार्य, सुनिल शर्मा, सुरज सेजुवाल, दिनेश कार्की, एलिजा ढकाल, राम्जी बस्नेत लगायत गम्भिर घाइते भएका छन् । घाइतेहरुको मोडेल हस्पिटलमा उपचार भैरहेको छ ।

 

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण बाहिरिएको थियो । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक भएको हो ।

यसैैैको अनुसन्धानको माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले संसद् र राष्ट्रियसभा विरोध गरेको थियो ।


सम्बन्धित खबरहरु