दोलखाको भीमेश्वर मन्दिरमा पसिना ! के अब अनिष्ट हुन्छ ?

ओकेखबर संवाददाता ८ फाल्गुन २०७६, बिहीबार १६:२८ मा प्रकाशित ( साल अघि) ३४९ पाठक संख्या

दोलखा । दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ ।

आज बिहान  ६ः ४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिहान ६ः ४५ बजे शिलामा पसिना आएको र ८ः २५ बजे रोकिएको थियो ।

आज मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको स्थानीय शान्तकृष्ण श्रेष्ठले बताउनुभयो । दोलखामा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको उहाँले बताउनुभयो । भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ ।

क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउने लागेको उहाँले बताउनुभयो ।

मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय शिवजी प्रधानले बताउनुभयो । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मासहित टोली बिहान ७ः ०० बजे मन्दिरस्थल पुग्नुभएको छ ।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् ।

 


सम्बन्धित खबरहरु