कोरोनाले हुबेइमा एकैदिन १०८ सहित मृत्यु हुनेको संख्या २१२० पुग्यो

ओकेखबर संवाददाता ८ फाल्गुन २०७६, बिहीबार १०:०३ मा प्रकाशित ( साल अघि) ३६८ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसका कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या दुई हजार एक सय भन्दा बढी पुगेको छ । पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांक अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय बीस पुगेको हो ।

चीनको हुबेइ प्रान्तको स्वास्थ्य प्राधिकरणका अनुसार हिजो मात्र एक सय आठ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण हुबेइ प्रान्तमा मात्र दुई हजार बीस जनाको मृत्यु भइसकेको छ । यस्तै अन्य शहरसहित चीनमा मात्र दुई हजार एक सय बाह्र जनाको ज्यान गएको छ ।

चीन बाहेक हङकङ, फिलिपिन्स, जापान, फ्रान्स र इरानमा पनि कोरोना प्रभावितहरुको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण ७६ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसैबीच कोरोनाको संक्रमण रोक्न जहाजलाई नै क्वारेन्टाइनमा राखेपछि जापानको सर्वत्र आलोचना भएको छ । जापानले जहाजमा रहेका चालक दलका सदस्यसहित तीन हजार सातसय यात्रु मध्ये २१ जनामा कोरोनाको सरंक्रमण देखिएपछि जहाजसहित सबै यात्रुलाई क्वारेन्टाइनमा राखेको थियो । एजेन्सी


सम्बन्धित खबरहरु