आज: 

सञ्चारमत्री बाँस्कोटाले ७० करोड कमिसनको सेटिङ गरेको सनसनीपूर्ण खुलासा (अडियो सहित )

ओके खबर ८ फाल्गुन २०७६, बिहीबार ०८:५० मा प्रकाशित ( साल अघि) ७९१ पाठक संख्या

काठमाडौं । नेपाल सकारको सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ७० करोडको कमिसनको सेटिङ गरेको खुलासा भएको छ ।

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण बाहिरिएको हो ।

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक भएपछि राजनिती क्षेत्रमा हलचल मच्चिएको छ ।

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।

७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए।

यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए। उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ।


सम्बन्धित खबरहरु