कोरोना भाइरस : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

ओकेखबर संवाददाता ७ फाल्गुन २०७६, बुधबार २०:३० मा प्रकाशित ( साल अघि) ५२६ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसका कारण मङ्गलबार एकै दिनमा यस भाइरसको संक्रमणका कारण १ सय ३६ जनाको मृत्यु भएको एपी समाचार समितिले जनाएको छ ।

यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ४ जना पुग्नुको साथै ७५ हजार बढी संक्रमित भएका छन् ।

वैज्ञानिकले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका कम्तीमा दुई हजार स्वास्थ्वास्थ्यकर्मी संक्रमित भएका छन् । सात जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भइसकेको छ । यो भाइसर अन्य २६ देशमा पनि कोरोना फैलिएको छ ।

गएको १४ फेब्रुअरीमा सरकारी तथ्याङ्कले कोरोना सङ्क्रमितको उपचारमा खटिएका एक हजार सात सय १६ जना चिकित्सक सङ्क्रमित भएको देखाएको थियो ।
गम्भीर अवस्थामा झण्डै आधा बिरामीले ज्यान गुमाउने गरेको पनि समाचार संस्थाले जनाएको छ ।

कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन् । चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ, तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहान समेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नुका साथै सवारी साधनहरु बन्द गरेको छ ।एजेन्सी


सम्बन्धित खबरहरु