निगुएजले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए । खेलको अधिकांश समय बलमा पकड जमाएपनि लिभरपुलले गोल भने गर्न सकेन ।
लिभरपुलले खेलमा फर्किने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । मोहम्मद सलाहको प्रहार बाहिरियो । जोर्डन हेन्डरसनले पनि पाएको मौका गुमाउन पुगे । बेन्चबाट आएका डिभोक ओरिगी र एलेक्स च्याम्बरलिनले पनि खेलमा प्रभाव जमाउन सकेनन् ।
अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन जर्मन क्लब बोरुसिया डोर्टमण्डसँग पराजित भएको छ । १९ वर्षे इर्लिङ हाल्याण्डले दुई गोल गर्दा घरेलु मैदानमा डोर्टमण्डले पीएसजीलाई २–१ ले पराजित गर्यो ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६९औं मिनेटमा हाल्याण्डले रिबाउण्डमा आएको बललाई गोल गरेका थिए । ७५औं मिनेटमा पीएसजी खेलमा फर्कियो । नेयरमारले एमबाप्पेको क्रसलाई गोलमा परिणत गरे ।
त्यसको दुई मिनेटपनि वित्न नपाउँदै हाल्याण्डले फेरी गोल गरे । उनले २० यार्ड टाढाबाट प्रहार गरेको लेफ्ट फुटेड सट गोलमा परिणत गरेका थिए । एजेन्सी