लोकप्रिय बन्दै टेलिकमका भ्वाइस र डाटा प्याक

ओकेखबर संवाददाता ६ फाल्गुन २०७६, मंगलवार २२:२९ मा प्रकाशित ( साल अघि) ३०६ पाठक संख्या

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समयमा उपलब्ध गराइरहेका भ्वाइस र डाटा प्याक निकै लोकप्रिय समेत बन्दै गएका छन् । टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ ।

नेपाल टेलिकमले हाल एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध गराइरहेको छ ।

एक घण्टा अनलिमिटेड प्याक
२० रुपैयाँमै उपलब्ध यो प्याक एक्टिभ गरेपछिको १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ ।

डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिन्छ । यो प्याक खरिद गरेको २४ घण्टासम्म उपयोग गर्न पाइन्छ । उदाहरणका लागि तपाईंले विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ ।

अनलिमिटेड नाइट भ्वाइस प्याक
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो प्याक निकै रुचाइएको छ ।

अनलिमिटेड नाइट डाटा प्याक
अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा सुविधा पाउन सकिन्छ । राती ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अर्का नाइट डाटा प्याक ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिन्छ ।

प्याक कसरी लिने ?
टेलिकमका ग्राहकले *1415# मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । तोकिएको नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै *1415*8 # डायल गर्न पनि सक्नुहुन्छ । त्यसपछि आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्ने हुन्छ । त्यसैगरी सिधै अंग्रेजीमा FDPACK टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सक्नुहुन्छ ।

यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि *1415*9*2 # डायल गर्न सक्नुहुन्छ । DVUNL टाइप गरी १४१५ मा एसएमएस पठाएर पनि यस्तो प्याक लिन सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि *1415*1*5*4 # डायल गर्न सकिन्छ । सिधै NVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउँदा समेत यो प्याक सुचारु हुन्छ ।

अनलिमिटेड नाइट डाटा प्याकका लागि *1415*3 # ३ डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्ने हुन्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउँदा समेत यो प्याक प्राप्त हुन्छ ।

यस बाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइटबाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

बाँकी प्याक थाहा पाउने तरिका

मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि *1415*55# डायल गर्न सकिन्छ । त्यसैगरी VL लेखेर १४१५ मा एसएमएस पठाउँदा समेत बाँकी रहेको भोल्युम एसएमएसबाटै थाहा पाइन्छ । साथै नेपाल टेलिकम एपमा पनि यो सुविधा उपलब्ध छ ।


सम्बन्धित खबरहरु