अनुहार मुलायम र चम्किलो बनाउने १० घरेलु उपाय

ओकेखबर संवाददाता ६ फाल्गुन २०७६, मंगलवार १०:०१ मा प्रकाशित ( साल अघि) ५६९ पाठक संख्या

काठमाडौं । मानिसको सौन्दर्यताका कुरा गर्दा सबैभन्दा अघि आउँछ, उसको मुहार । अनुहार चम्काउने होडमा मानिसहरुले अनेकन उपायहरु अपनाउँछन् । जस्तै ब्यूटी पार्लर धाउने, विभिन्न कृमहरु प्रयोग गर्ने जस्ता सौन्दर्य प्रसाधनमा काममा हजारौं पैसा खर्चिन्छन् ।
तर कतिपय यस्ता सामग्रीले अनुहार कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् ।

त्यसो त कतिलाई जाकारी नभएर पनि हुनसक्छ, मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीको प्रयोगका कारण नै विभिन्न किसिमका छालाजन्य रोगहरुको शिकार बनेका छन् ।

तर मानिहरुले आफ्नो अनुहार चम्किलो बनाउँन आफ्नै सेरोफेरोमा भएका घरायसी सामानहरुको वास्ता गर्न भ्याएका हुँदैनन् ।

हो, साइडइफेक्ट नहुने र घरमै सहजै पाइने केही यस्ता घरेलु तरिका छन्, जसले अनुहार चम्काउन मद्धत गर्छ।

– दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

– डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।

– एक चम्चा मह अनुहारमा लगाउने। ९यसमा ४÷५ थोपा कागतीको रस मिलाउन सकिन्छ० १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।

– अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।

– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

– काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

– काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।

– अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।

– सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।


सम्बन्धित खबरहरु