गएको चार महिनादेखि यामकुमारीलाई आफन्त, साथीभाइ तथा रोजगारदातासँग भेटाउन प्रयास गरिरहे पनि कोहीसँग सम्पर्क हुन सकेको छैन । बकरले गल्फ न्यूजसँग बताएअनुसार यामकुमारीलाई अक्टोबरको तेस्रो हप्ता अचेत अवस्थामा एम्बुलेन्समा राखेर दुबई अस्पताल पुर्याइएको थियो ।
ल्याउनेबेला अचेत अवस्थामा भए पनि होश आइसकेपछि यामकुमारीले बान्ता गरिरहने र टाउको दुख्ने गरेको बताउने गरेकी थिइन् । मेडिकल रिपोर्टअनुसार मस्तिष्कमा रक्तश्राव भएको देखिएको छ । अहिले पनि यामकुमारीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या छ ।
सामाजिक अभियन्ता बकरकाअनुसार फेब्रुअरी १७ अर्थात आज सोमबार यामकुमारीको अस्पतालबाट डिस्चार्ज गर्नुपर्नेगुर्नपर्ने भएपनि कोही पनि सम्पर्कमा नआएपछि यामकुमारीलाई आफूसँगै राख्नुबाहेक अरु कुनै उपाय नभएको बकरले बताउनुभएको छ ।
कृपया यो समाचार सक्दो सेयर गरि उहाँको अफन्तसम्म पुर्याउन सहयोग गरिदिनुहोला ।