टेलिभिजन पत्रकारितामा सक्रिय मणिको पहिलो कविता संग्रह आन्दोलनले छट्पटाएका कलमहरु २०४९ सालमा प्रकाशित भएको हो । त्यसयता उनी कथा, निवन्ध र कविताको क्षेत्रमा सक्रिय छन् । उनका कथा र कविताका गरी पाँच कृति प्रकाशित छन् ।
वि.स.२०६१ सालमा प्रकाशित मलामी साँझ कविता संग्रहसंगै नेपाली कवितामा जवरजस्त उपस्थिति देखाएका उनका परास्त प्रेम र निर्वस्त्र मनु चर्चित कथा संग्रह हुन् । भानुमोति पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, शतिसचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित मणिका केही कविता र कथा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, जापानिज र कोरियन भाषामा प्रकाशित भएका छन् ।
चार वर्षअघिदेखि प्रकाशनमा सक्रिय शिखा बुक्सले अहिलेसम्म दुई सय कृति प्रकाशित गरिसकेको छ ।
मृत्युको अघिल्तिरु ले पाठकहरुको कविताको भोकलाई केही शान्त पार्ने विश्वास लिएको शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले बताए । मृत्युको अघिल्तिरु कविता कृतिको मूल्य दुई सय रुपैयाँ रहेको छ ।