गायक करसङ शेर्पाको दिल को सँग बस्यो ? (भिडियोसहित)

ओकेखबर संवाददाता ५ फाल्गुन २०७६, सोमबार ०९:४७ मा प्रकाशित ( साल अघि) २५६ पाठक संख्या

काठमाडौं । गायक करसङ शेर्पाले नयाँ गीत ‘दिल बस्यो’ लिएर आएका छन् । गणेश सुवेदीको शब्द, विक्रम थापाको सङ्गीत, विशन मानन्धरको एरेञ्ज, मिक्सिङ रहेको गीतको भिडियो करसङले ल्याएका हुन् ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा बर्षा शिवाकोटी र करसङ स्वयम् अभिनय गरेका छन् । गीत जति राम्रो छ करसङकै कन्सेप्ट रहेको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

उनीहरुको अभिनय उत्कृष्ट रहेको छ ।

उत्सव दाहालको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।

सबैलाई लक्षित हुने गरी सरल तरिकाले गीतको भिडियो स्रोतारदर्शकमाझ पस्किएको छु र सबैको साथ सहयोग पाउनेमा आफू आशावादी छु’ करसङले भने ।

यो गीत करसङले आफना भाई लामा टेण्डी शेर्पा जो नेपाल बास्केटबल सङ्घका अध्यक्ष छन् उनलाई समर्पित गरेका छन् ।


सम्बन्धित खबरहरु