चीनले करिब १४ हजार शव जलाएको खबरले विश्वभर त्रास, यस्तो छ रहस्य

ओकेखबर संवाददाता ४ फाल्गुन २०७६, आईतवार २३:११ मा प्रकाशित ( साल अघि) ३२८ पाठक संख्या

काठमाडौं । बुहान प्रान्त माथि सल्फर डाईअक्साईडको मात्रा उच्च देखाएपछि चीनमा उच्च मात्रामा कोरोना भाइरस प्रभावित शवहरुलाई जलाएको आशंका गरिएको छ । विशेषगरी शव जलाउँदा निस्कने सल्फर स्याटेलाइटबाट प्राप्त तस्बिरले डाइअक्साइडको मात्रा निकै धेरै भएको कारणले पनि यस्तो आशंका गरिएको हो ।

अहिले बुहान प्रान्तमा सल्फर डाइअक्साइडको मात्रा १७०० यूजी्क्युबिक पुगेको छ । सामान्यतया वायुमण्डलमा ८० यूजी–क्युबिकभन्दा धेरै यो ग्यास वायुमण्डलमा देखियो भने त्यसलाई खतराको तह मानिन्छ । अहिले त्यहाँको बुहानको अवस्था सामान्यभन्दा २१ गुणा बढी हो ।

सोही भाइरसबाट आतंकित बनेको विश्व चीनमा यसबाट कति मानिसले ज्यान गुमाए भन्नेबारे चीनले यो कुरा औपचारिक रुपमा सार्वजनिक गरेको छैन । यहीबीचमा चीनले लगभग १४ हजार शवहरु जलाएको खबरले विश्वमा झनै त्रास बढाएको हो । एजेन्सी


सम्बन्धित खबरहरु